आफ्नै श्रीमानले चारपटक विबाह गर्दिए श्रीमतिको,अन्त्यमा दुवै पक्राउ

0
191
तस्वीरः उमर उजला

भारतको राजस्थानमा दुलहीले बिहेको नाममा केटाबाट ठुलो रकम असुल्ने र मौका मिल्ने वित्तिकै ससुराली घरबाट गहना र नगद लिएर फरार हुने पेशेवर नै धेरै भेटिन्छन् ।

तर, यहाँ एक जना श्रीमानले आफ्नी श्रीमतिलाई चार जना दुलाहसँग विवाह गराएका छन् । राजस्थानको अलवर जिल्लामा प्रहरीले एक यस्तो लुटेरा दुलहीलाई पक्राउ गरेको छ जसको श्रीमान आफैंले आफ्नी श्रीमतीको बिहे गराउने गर्थे ।

अहिलेसम्म उनले श्रीमतीको फरक फरक चार जना पुरुषसँग बिहे गरिसकेका छन्, यसका लागि केटाहरूबाट मोटो रकम पनि लिएका छन् । बिहेको केही दिनपछि श्रीमतीले मौका छोपेर घरमा राखिएका गरगहना र नगद लिएर भाग्ने गरेकी थिइन् । तर, अहिले दुवै प्रहरी हिरासतमा छन् । आउनुहोस् जानौं कसरी बिहेको बहानामा ठगी गर्थे दम्पतीले ।

जानकारीका अनुसार अलवर जिल्लाको बानुसरको मीना इलाकाका ३६ वर्षीय हरिमोहन मीनाको मधुनी निवासी दिप्ती नाथसँग जुन ३ मा विवाह भएको थियो । हरिमोहनको परिवारले विबाहमा आठ लाख रुपैयाँ खर्च गरेको थियो ।

आसामको बलेता नलबारीमा बस्ने लोयकलिता जो विबाहको चाजोपाँजो मिलाउने र दिप्तीका असली श्रीमान् पनि हुन् । उनलाई चार लाख रुपैयाँ दिइएको थियो भने बाँकी रकम विवाहमा खर्च गरिएको थियो । विबाहको केही दिनपछि हरिमोहनलाई श्रीमती दीप्तीमाथि शंका लाग्यो । उनी घरबाट भाग्न लागे जस्तो पनि लाग्यो । यो कुरा उनले परिवारका सदस्यलाई सुनाए ।

असार २१ गते दिउँसो उनको घरबाहिर एउटा कार रोकियो र त्यसमा बसेका चालकले हर्न बजाए । हर्नको आवाज सुनेपछि दीप्ती घरभित्रबाट दौडिएर गाडीमा बसिन् । हरिमोहनका जेठा भाइ हेमराम पछाडिबाट निस्किए, दीप्ती भागेको थाहा पाउने बित्तिकै उनले परिवारका अन्य सदस्यहरूलाई पनि बोलाए। त्यसपछि सबै मानिसहरू भाग्न नपरोस् भनेर कारको अगाडि उभिए।

दुवैलाई पक्राउ गरी सोधपुछ गर्दा कारमा बसेका युवक नै दिप्तीका श्रीमान रहेको खुल्यो । दीप्ती घरका गरगहना र पैसा लिएर भाग्न लागेकी थिइन् । त्यसपछि आफन्तले दुवैलाई प्रहरी चौकी लगे । प्रहरीले दीप्तीसँग सोधपुछ गर्दा उनले आफू विवाहित भइसकेको बताइन् ।

ती युवक उनका पति हुन् र उनीहरुका दुई सन्तान छन् । प्रहरीले ती युवकलाई सोधपुछ गर्दा उनले हरिमोहनको परिवारलाई दीप्तीलाई घरमा लोभ्याएको आरोप लगाउन थाले।

प्रहरीले यस विषयमा अनुसन्धान थालेपछि ती युवकले आफ्नी श्रीमतीसँग मिलेर बिहेको नाममा ठगी गर्ने गरेको पाइयो । ती युवका अनुसार उनले आफ्नी श्रीमतिको अहिलेसम्म चारजनासँग विवाह गर्दिसकेको बताए । उहनले श्रीमतिलाई अविवाहित भनेर बिवाह गर्ने गर्थे । आमाबाबा मरको भनेर बिवाह गर्ने गर्थे ।

साथै उनले केटाबाट उल्टै मोटो रकम लिने गर्थे । विवाहको केही दिनपछि दिप्तिले आफ्नो लोकेशन पुरना श्रीमानलाई पठाउँथिन र उनी श्रीमतिले पठाएको लोकेशनमा आइपुग्थे र दुवैजना घरमा राखिएका गरगहना र पैसा जम्मा गरेर भाग्ने गर्थे । तर, यसपटक उनीहरुको योजना सफल हुन सकेन र दुवै पक्राउ परे ।

बिहे गरेको तीन दिनपछि घर जाने जिद्दी
विवाह भएको तीन दिनपछि दिप्तीको स्वभाव परिवर्तन भएको हरिमोहनले प्रहरीलाई बताए । उनी आफ्नी वहिनी भए ठाउँमा जाने जिद्दी गर्न थालिन् । उनले आमाबुवा हराएको बताउँदै आएकी थिइन्, हामीले जानकारी लिएपछि आमाबुवाको मृत्यु भइसकेको थाहा भयो । उनको एउटी बहिनी छ, जससँग उनी फोनमा कुरा गर्थिन्।

यस्तो अवस्थामा उनीमाथि शङ्का गहिरिँदै गएको थियो तर अब जब उनी समातिए, सबै कुरा खुल्यो । उनले फोनमा कुरा गर्ने व्यक्ति उनकी बहिनी नभई श्रीमान् रहेछन् । जसलाई दिप्ती पलपलको अपडेट दिनेगर्थिन् ।