इजरायलमा रहनु भएकी फुटबल खेलाडी सावित्रा सुरक्षित

0
107

काठमाडौं । इजरायलमा रहनु भएकी महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) ले आफू सुरक्षित भएको बताउनु भएको छ ।

व्यवसायिक फुटबल खेल्नका लागि साम्बा इजरायल जानु भएको थियो । उहाँले आफू तेलअविवमा रहेको र त्यहाँ कुनै पनि खतरा नरहेको बताउनु भएको हो । उहाँ इजरायलको शीर्ष श्रेणीको महिला लिग हापोएल रानानाबाट फुटबल खेल्नु जानु भएको हो ।