इतिहासमै पहिलोपटक उपकुलपतिमा प्राध्यापक महिलाले दिए आवेदन

0
77

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) को इतिहासमै पहिलोपटक उपकुलपतिमा महिलाले आवेदन दिनुभएको छ । यही माघ १० गतेसम्मको म्याद रहेको उपकुलपतिको आवेदनमा दुईजना महिलाले आवेदन दिनु भएको हो । आवेदन ४३ जनाले दिनु भएको छ । शिक्षा मन्त्री एवं सहकुलपति अशोक राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपकुलपति सिफारिस समितिले खुला रुपमा आवेदन माग बमोजिम उहाँहरुले आवेदन दिनु भएको हो ।

उपकुलपतिका लागि आवेदन दिनु भएकी प्रध्यापक डा.कुसुम शाक्य र डा.संगिता रायमाझीले पनि आवेदन दिनु भएको छ । डा.शाक्यले अर्थशास्त्र केन्द्रीय विभागको प्रमुख, मानविकी संकायको डिन सम्हालिसक्नु भएको छ । यसैगरी डा।संगिता तीन दशकदेखि त्रिविमा प्राध्यापन गर्दै आउनु भएको छ ।

अहिले समितिले प्राप्त आवेदन रुजु गरिरहेको छ । महिला नेतृत्वदायी पदमा पुग्न सक्षम छन् भन्ने कुरा यस आवेदनले देखाएको समितिका एक सदस्यले बताउनु भयो ।

समितिका अनुसार उपकुलपतिका लागि आवेदकमध्येबाट योग्यताका आधारमा तीन जनाको नाम छनोट गरी कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष सिफारिस गर्ने छ । तीनजनामध्येबाट एकजना उपकुलपति हुनुहुनेछ ।