उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

0
17

उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो ।

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो ।

खस–आर्य समुदायबाट राष्ट्रपति भएका तथा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुई जनाको उम्मेदवारी दिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले संविधानको व्यवस्थाअनुसार उनको उम्मेदवारी खारेज गर्नुनपर्ने भन्दै उम्मेदवारी कायम नै राखेको हो । शाक्य आदिवासी–जनजाति समुदायकी हुन् भने अन्य तीन जना मधेशी समुदायबाट छन् ।