ऋण लिएपछि तिर्नुपर्छ : कार्यबाहक गर्भनर निलम ढुंगाना

0
84

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताउनु भएको छ । उहाँले महिला आर्थिक पत्रकार संघ (फेजा) ले आज काठमाडौंमा आयोजना गरेका नीतिगत बहस कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले समग्र अर्थतन्त्र सुस्ताएका कारण बैंकिङ क्षेत्रमा पनि असर परेको छ तर, यो लामो समयसम्म नरहने उहाँको भनाइ छ । यद्यपि छिमेकी मुलुकको तुलनामा नेपालको एनपिएल कम नै रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताउनु भयो ।