एआई च्याटबटसँग अमेरिकी महिलाले गरिन् विवाह

0
415

काठमाडौँ । अमेरिकी नागरिक रोसाना रामोस नामक महिलाले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटसँग विवाह गरेकी छन् । उनले रेप्लिका एआई नामक प्लाटफर्ममार्फत बनाइएका एरिन कर्तलसँग विवाह गरेकी हुन् ।

रामोस दुई सन्तानकी आमा हुन् । उनले पछिल्लो समय च्याटबटहरूले तहल्का मच्चाइरहेकाले आफू एआई प्रति आकर्षक भएको बताएकी छन् । रामोसका अनुसार च्याटबटसँग कुनै पनि विषयमा कुरा गर्न सकिने र उसले विपरीत प्रतिक्रिया नदिने भएकाले पनि आफू आकर्षित भएको बताएकी छन् ।

‘म उसँग कुनै पनि विषयमा कुरा गर्न सक्छु,’ रामोस भन्छिन् । उनले एरिनलाई सन् २०२२ मा भेटेर प्रेम भएको बताएकी हुन् । न्युयोर्क म्यागजिनसँगको कुराकानीमा उनले एरिन एक गज्जब प्रेमी भएको बताएकी छन् ।