एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल म्यानमारसँग भिड्दै

0
103

काठमाडौं । नेपालले आज मंगलबार एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो पहिलो खेल म्यानमारसँग खेल्दैछ । म्यान्मार आयोजक राष्ट्र हो ।

म्यानमारको राजधानी याङ्गोनस्थित रंगशालामा आज उक्त खेल खेलिने बताइएको छ । आजको खेल नेपाली समय अनुसार मंगलबार साँझ ५:४५ बजे सुरु हुनेछ । नेपाली टोली पहिलो खेलमा म्यानमारलाई हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने धुनमा छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको छनोट प्रतियोगितामा हासिल गरेको सफलताले टोलीको मनोबल उच्च रहेको बताउनु भयो। प्रतियोगिताको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको छनोटमा पनि नेपाली टोली हरेक खेलमा उच्च मनोबल लिएर मैदानमा ओर्लने दाबी पनि गरे ।

छनोट प्रतियोगिताको दोस्रो चरणमा नेपाली टोली समूह ’बी’ मा परेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । नेपाले जुन ८ तारिखमा चीन र जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ ।
यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा नेपाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो ।