एकैदिन सुनको मूल्य तोलामा २ हजारले बढ्यो

0
33

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलामा २ हजार रुपैयाँले घटेको थियो । यसैगरी, बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।