विद्यार्थीलाई यौन शोषण गर्दै आएका शिक्षक पुर्पक्षका लागि कारागार चलान

0
41

काठमाडौं । विद्यार्थीलाई यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन भरतपुरकी १५ वर्षीया बालिकालाई शिक्षक सन्तोष क्षेत्रीले ८ महिनौदेखि लगातार यौन शोषण गर्दै आएका थिए ।

भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो । बालिकाले १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी थिइन् ।

पीडक शिक्षकले आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै बालिका जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । शिक्षक क्षेत्रीलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।