एनआरएनए अध्यक्षका लागि रविनाको उम्मेदवारी दर्ता

0
82

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमवार उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँलाई बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गर्नु भएको छ ।

उम्मेदवारी दर्तापछि थापाले एनआरएनएलाई नयाँ उचाई दिन चाहेको बताउनु भएको छ। वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेद्वारी छोडेर रविना थापालाई समर्थन गरेको बताउनु भएको छ ।

अर्का प्रस्तावकमा विष्णु बानियाँ, जापानका छन् । यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका छन् ।