एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि

0
78

काठमाडौं । अहिलेसम्म ठूलो प्रतियोगिता एनएससी(काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल इतिहासमै नेपालको महिला टिमले घरेलु कोर्टमा खेल्न लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो ।

लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले आज किर्गिस्तानसँग खेल्दै उपाधि रक्षा अभियानमा छ । नेपाल र किर्गिस्तानबीचको खेल साढे चार बजे सुरु हुनेछ । समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । पछिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान र श्रीलंकाबीच आज पहिलो खेल हुनेछ ।

एक सातासम्म चल्ने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । घरेलु कोर्ट र दर्शकको साथ पाएको नेपालले यस पटक बेल्जियमको अनुभवी प्रशिक्षक जान डी ब्रान्टको प्रशिक्षणमा तयारी तीन महिना तयारी गरेको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा यस पटक ६ नयाँ अनुहार छन् । केहीले यस प्रतियोगितामा डेब्यु गर्ने अवसर पाउनेछ ।