एरिकाको पोल्टामा १ स्वर्ण र १ रजत

0
62

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले १ स्वर्ण र १ रजत जित्नु भएको छ । आइतबार अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १९औं एसियाडकी रजत विजेता एरिकाले यू(२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जित्नु भएको हो । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९(० ले पराजित गर्नु भएको थियो ।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा भने उहाँले रजत जित्नु भएको हो । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित हुनु भएको थियो ।