एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमात्र परीक्षा दिए पुग्ने

0
30

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउ नसकेका विद्यार्थीले सोही विषयको मत्र ग्रेड परीक्षा दिनुपर्ने बताएको हो ।

२०७९ वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थी जसले गत भाद्र ११ र १२ गतेको पूरक परीक्षामा सम्मिलित भएका थिए ।

सो परीक्षामा कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिनुपर्ने कार्यालयले प्रष्ट पारेको हो । सोही आधारमा विद्यार्थीले फारम भर्न आग्रह गरेको छ ।

यसवर्षको एसईई परीक्षाको आवेदन फाराम खुलेको छ । यही पुस १० गतेभित्र फाराम भरिसक्नु पर्नेछ । २०७९ को एसईई परीक्षा चैतको दोस्रो हप्तादेखि गर्ने कार्यतालिका बोर्डको छ ।