कपाल धेरै झर्छ ? लगाउँनुहोस् यी पाँच प्राकृतिक तेल

0
108
Top view of olives and olive oil bottles on table in a rustic kitchen

बदामको तेलः बदामको तेलले कपाललाई मालिस गर्नुहोस् र रातभरी छोडिदिनुहोस् ।
नरिवलको तेलः नरिवल तेलले हाम्रो कपालमा हुने प्रोटिनलाई जोगाउँछ ।
आर्गन तेलः कपालमा चायाँ आउन दिंदैन् । साथै, कपाललाई चम्किलो र टुक्रिनबाट पनि रोक्छ ।
भृंगराज तेलः कपाल झरेर समस्या भोगिरहेकाले यसको प्रयोग गरेमा पुनः कपाल पलाउँछ ।
ओलिभ तेल (जैतुनको तेल): ओलिभ तेलले कपाललाई दरो बनाउनुका साथै बाक्लो समेत बनाउँछ ।

काठमाडौं । स्वस्थ र चम्किलो कपालले तपाईंको आत्मविश्वास बढाउँछभन्दा अचम्म लाग्न सक्छ । तर, वास्तवमै कपाल स्वस्थ र आकर्षक छ भने तपाईंमा छुट्टै आत्मविश्वास आउने गर्छ । स्वस्थ कपाल नारीका लागि मात्र होइन पुरुषका लागि पनि उत्तिकै आवश्यक छ । स्वस्थ, राम्रो, बाक्लो र चम्किलो कपालले जो कोहींको मन लोभ्याउँछ ।

कपाललाई आकर्षक बनाउनका लागि हामीले बजारमा पाइने अनेक किसिमका शेम्पू, तेल र कण्डिस्नरमा हजारौँ पैसा खर्च गरिरहेका हुन्छौं । तर, घरमा सानो मिहिनेत गर्ने हो भने कपाललाई स्वस्थ राख्न हजारौँ रुपैयाँ खर्च गर्नु पर्दैन ।

हाम्रा घरमा पाइने प्राकृतिक तेल जसले कपाललाई चम्किलो बनउनुका साथै स्वस्थ पनि राख्छ । कपालमा तेल लगाउनुका अनेक फाइदा छन् । यसले हाम्रो कपाललाई सुन्दर मात्र बनाउँदैन् तनावबाट पनि मुक्त गर्छ । तेलले कपालमा पोषण पनि दिने काम गर्छ ।

प्रकृति र जडिबुटीको देश नेपालमा अनेक किसिमका प्राकृतिक तेल पाइन्छन् । यसमा आज हामी पाँचवटा प्राकृतिक तेलको बारेमा कुरा गर्न गइरहेका छौं । यी सर्वउत्कृष्ट पाँच प्राकृतिक तेल जसले तपार्इंको कपाललाई कालो, चम्किलो, मबजुद र बाक्लो बनाउनमा ठूलो मद्धत गर्नेछ ।


बदामको तेल

बदामको तेल
आल्मण्ड (देसी बदाम) आफैँमा शक्तिशाली र भरपुर पोषण भएको ड्राइ नट्समा पर्छ । देसी बदामको तलेलले हाम्रो कपाललाई भरपूर्ण पोषण दिन्छ । देसी बदाम भिटामिन ई, म्याग्नेसियम र रिबोफ्लेभिनको उत्कृष्ट श्रोत हो ।

यसले आफूँमा भएको पौष्टिक गुणका कारण कपाललाई कोमल र चम्किलो बनाउँने गर्छ । यस बाहेक बदामको तेलले कपालमा हुने चाँया र डेड स्किनबाट पनि छुटकारा दिलाउँछ ।

बदामको तेलले कपाललाई मालिस गर्नुहोस् र रातभरी छोडिदिनुहोस् यसले हाम्रो कपाललाई भरपूर्ण पौष्टिक प्रदान गर्छ ।


नरिवलको तेल

कपालमा तेल लाउने बारेमा सोच्नु हुन्छ भने तपाईंले नरिवलको तेललाई वेवास्ता पक्कै गर्नुहुन्न । अझ गर्मी ठाउँमा हुनुहुन्छ भने त नरिवल तेल तपाईंका लागि लाभदायी हुन्छ । नरिवलको तेलमा प्रचुर मात्रामा लारिक एसिड पाइन्छ ।

लारिक एसिडले हाम्रो कपाललाई पोषण दिनुका साथै, मोइस्चराइज पनि गर्छ । नरिवल तेलले हाम्रो कपालमा हुने प्रोटिनलाई जोगाउँछ । साथै, नरिवलको तेलले हाम्रो कपाललाई बाक्लो र लामो बनाउँन उत्तिकै मद्धत गर्छ ।


अर्गान तेल

अर्गान तेले घरमा नै प्राप्त नभए पनि यसलाई बजारबाट सजिलै किन्न सकिन्छ । अर्गान तेललाई ‘तरल सुन’ पनि भन्ने गरिन्छ । अफ्रिकामा यसको प्रयोग शताब्दीऔंबाट गरिदै आइएको थियो । अहिले विश्वभरिनै यसको प्रयोग गरिंदै आएको छ ।

त्यसमा पनि विषेशगरी कपाल र छालाको हेरचाहका लागि यो अति नै उपयोगी छ । अर्गान तेलमा हुने फ्याटी एसिड, ओलिक एसिड, लिनोलिक एसिड, भिटामिन ई तथा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा कपालमा चायाँ आउन दिंदैन् ।

साथै, कपाललाई चम्किलो र टुक्रिनबाट पनि रोक्छ । पाइन्छ । यसले कपाललाई बलियो तथा नरम बनाउँछ । कपाल र टाउकोमा हुने सुख्खा पनलाई पनि यसले रोक्छ ।

भृंगराज तेल

भृंगराज तेल एक आर्युवेद प्राकृतिक तेल हो । यसलाई नेपालमा भूमिराज तेलका नामले पनि चिनिन्छ । यो भूमिराज झारबाट तेल निकालिन्छ । भूमिराज नेपाली समाजमा काटेको घाउँमा खुन रोक्न तत्काल लगाउने अचुक औषधी पनि हो ।

भूमिराज तेलले हाम्रो कपाललाई झर्नबाट रोक्ने गर्छ । यसमा भएको एन्टि इंफ्लेमेट्री गुणले झरेको कपाल उम्रन र कपाल बढाउनका लागि धेरै नै सहयोग गर्छ । यसले कपाललाई कालो, बाक्लो र मुलायम बनाउन मद्धत गर्छ ।

अध्ययनका अनुसार भृंगराज तेलले कपाल बढाउनका लागि ५० प्रतिशत सहयोग पु¥याउँछ । यसले पनि कपालमा हुने चाँया र सुख्खापनलाई हटाउँछ ।

अध्ययनले यो पनि बताउँछ कि कपाल झरेर समस्या भोगिरहेकाले यसको प्रयोग गरेमा पुनः कपाल पलाउँछ । उमेर नपुगी सेतो हुनबाट पनि यो तेलले रोक्ने विज्ञहरु बताउँछन् ।


ओलिभ तेल (जैतुनको तेलं)


जैतुनको तेल खानाका लागि मात्र होइन, कपालका लागि पनि उत्तिकै फाइदाजनक छ । शताब्दीऔंदेखि ओलिभ तेलको प्रयोग गरिदैँ आइएको छ । नेपाली बजारमा पनि ओलिभ तेल प्रसस्त मात्रामा भेटिन्छ ।

ओलिभ तेलमा ऐेंटी–इंफ्लेमेटरी गुण प्रचुर मात्रामा हुने भएकाले कपालमा ओलिभले मसाज गरेमा तनावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्छ । ओलिभ तेलले कपाललाई दरो बनाउनुका साथै बाक्लो समेत बनाउँछ ।