कपाल झर्छ ? लगाउँनुहोस् यी पाँच प्राकृतिक तेल जसले तपाईको कपाललाई बचाउँदैन् मात्र आकर्षक पनि देखाउँछ

0
26
Top view of olives and olive oil bottles on table in a rustic kitchen

काठमाडौं । स्वस्थ कपाल नारीका लागि मात्र होइन पुरुषका लागि पनि उत्तिकै आवश्यक छ । स्वास्थ, राम्रो, बाक्लो र चम्किलो कपालले जो कोहींको मन लोभ्याउँछ । स्वस्थ र चम्किलो कपालले तपाईको आत्मविश्वासलाई पनि बढाउँछ ।


स्वस्थ कपालका लागि आजभोली हामीले बजारमा पाइने अनेक किसिमका शेम्पू, तेल र कण्डिस्नरमा हजारौ पैसा खर्च गरिरहेका हुन्छौं । तर, हामीले सानो मिहिनेत गर्ने हो भने घरमा भएको चिजले पनि कपाललाई स्वस्थ राख्न सक्छौं । हाम्रो घरमा पाइने प्राकृतिक तेल जसले हाम्रो कपाललाई चम्किलो बनउनुका साथै स्वस्थ पनि राख्छ । गाउँघरमा आमाले वा हजुरआमाले कपालमा शुद्ध तोरीको तेल जरासम्म लगाइदिंदा कति आनन्द हुन्थ्यो । त्यो अझैं हामीले विर्सिएका छैनौं ।


कपालमा तेल लगाउनुका अनेक फाइदा छन् । यसले हाम्रो कपाललाई सुन्दर मात्र बनाउँदैन् टाउकोमा हुने तेल मसाजले तनावबाट पनि मुक्त गर्छ । तेलले हाम्रो कपालमा पोषण पनि दिने काम गर्छ । प्रकृति र जडिबुटीको देश नेपालमा अनेक किसिमका प्राकृतिक तेल पाइन्छन् । यसमा आज हामी पाँच प्राकृतिक तेलको बारेमा कुरा गर्न गइरहेका छौं । यी सर्वउत्कृष्ट पाँच प्राकृतिक तेल जसले तपाईको कपाललाई कालो, चम्किलो, मबजुद र बाक्लो बनाउनमा ठूलो मद्धत गर्ने छ ।


बदामको तेल


आल्मण्ड देशी बदाम आफैमा शक्तिशाली र भरपुर पोषण भएको ड्राइ नट्समा पर्छ । देशी बदामको तलेलले हाम्रो कपाललाई भरपूर्ण पोषण दिन्छ । देशी बदाममा भिटामिन ई, म्याग्नेसियम र रिबोफ्लेभिनको उत्कृष्ट श्रोत हो । यसले आफूमा भएको पौष्टिक गुणका कारण कपाललाई कोमल र चम्किलो बनाउँने गर्छ । यस बाहेक बदामको तेलले कपालमा हुने चाँया र डेड स्किनबाट पनि छुटकारा दिलाउँछ । बदामको तेलले टाउकोलाई मालिस गर्नुहोस् र रातभरी छोडिदिनु होस् यसले हाम्रो कपाललाई भरपूण पौष्टिक प्रदान गर्छ ।


नरिवलको तेल


कपालमा तेल लाउने बारेमा सोच्नु हुन्छ भने तपाईले नरिवलको तेललाई वेवास्ता पक्कै गर्नु हुन्न । अझ गर्मी ठाउँमा हुनुहुन्छ भने त नरिवल तेल तपाईका लागि लाभदयी हुन्छ । नरिवलको तेल त हाम्रा आमा तथा हजुरआमाले बाल्यकालमा हामीलाई कपालमा सधै लगाइदिने गर्नु हुन्थ्यो ।

नरिवलको तेलमा प्रचुर मात्रामा लारिक एसिड पाइन्छ । लारिक एसिडले हाम्रो कपाललाई पोषण दिनुका साथै, मोइस्चराइज पनि गर्छ । नरिवलको तेलले हाम्रो कपालको प्रोटिनको हानीबाट पनि रोक्ने गर्छ । साथै, नरिवलको तेलले हाम्रो कपाललाई बाक्लो र लामो बनाउँन उत्तिकै मद्धत गर्छ ।


आर्गन तेल

Still life of argan oil with fruit on a natural background. Argan fruits come from Morocco (Africa) and are used as component of many cosmetic products


अर्गान तेल हामीले घरमा नै प्राप्त नभए पनि यसलाई बजारबाट सजिलै किन्न सक्छौं । अर्गान तेललाई ‘तरल सुन’ पनि भन्ने गरिन्छ । अफ्रिकामा यसको प्रयोग शताब्दीयौंबाट गरिए पनि विश्वका विभिन्न मुलुकले यसको प्रयोग पछि मात्र गर्न थालेका हुन् । त्यसमा पनि विषेशगरी कपाल र छालाको हेरचाहका लागि यो अति नै उपयोगी छ ।

अर्गान तेलमा हुने फ्याटी एसिड, ओलिक एसिड, लिनोलिक एसिड तथा भिटामिन ई र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने भएकाले पनि यसले कपाललाई बलियो तथा नरम बनाउँछ । कपाल र टाउकोमा हुने सुख्खा पनलाई पनि यसले रोक्छ । यसले हाम्रो कपालमा डेन्ड्रफ आउन दिंदैन् । साथै कपाललाई चम्किलो र टुक्रिनबाट पनि रोक्छ ।

भृंगराज तेल


भृंगराज तेल एक आर्युवेद प्राकृतिक तेल हो । यसलाई नेपालमा भूमिराज तेलका नामले पनि चिनिन्छ । यो भूमिराज झारबाट तेल निकालिन्छ । भूमिराज नेपाली समाजमा काटेको घाउँमा खुन रोक्न तत्काल लगाउने अचुक औषधी पनि हो । भूमिराज तेलले हाम्रो कपाललाई झर्नबाट रोक्ने काम गर्छ । यसमा भएको एन्टि इंफ्लेमेट्री गुणले झरेको कपाल उम्रन र कपाल बढाउनका लागि धेरै नै सहयोग गर्छ । यसले कपाललाई कालो, मोटो, मुलायम बनाउन मद्धत गर्छ । अध्ययनका अनुसार भृंगराज तेलले कपाललाई बढाउनका लागि ५० प्रतिशत सहयोग पु¥याउँछ । यसले पनि कपालमा हुने चाँया र सुख्खापनलाई हटाउँछ । अध्ययनले यो पनि बताउँछ कि कपाल झरेर समस्या भोगिरहेकाले यसको प्रयोग गरेमा पुनः कपाल पलाउँछ । उमेर नपुगी सेतो हुनबाट पनि यो तेलले रोक्ने विज्ञहरु बताउन्छन् ।


ओलिभ तेल (जैतुनको तेलं)

Top view of olives and olive oil bottles on table in a rustic kitchen


ओलिभ तेल खानाका लागि मात्र होइन् यो कपालका लागि पनि उत्तिकै फाइदाजनक छ । शताब्दीऔंदेखि ओलिभ तेलको प्रयोग गरिदै आइएको छ । नेपाली बजारमा पनि ओलिभ तेल प्रसस्त मात्रामा भेटिन्छ । ओलिभ तेलमा एेंटी–इंफ्लेमेटरी गुण प्रचुर मात्रामा हुने भएकाले टाउकोमा ओलिभले मसाज गरेमा तनावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्छ । ओलिभ तेलले कपाललाई दरो बनाउनुका साथै बाक्लो समेत बनाउँछ ।