कभर गायिका शिवाना र जयवीर माघमा बिहे गर्दै

0
58

काठमाडौं । कभर गायिका शिवाना श्रेष्ठले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहसँग इन्गेजमेन्ट गर्नु भएको छ । उहाँहरूले गत जेठ १ गते काठमाडौंमा एक सामान्य समारोहबीच इन्गेजमेन्ट गर्नु भएको हो ।

शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुनुहुन्छ। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो।

शिवाना सौन्दर्य सामग्री (ब्युटी(प्रडक्ट) को व्यापारमा हुनुहुन्छ । शिवानाका पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी भएभनी उहाँ व्यापारिक घरानाबाट नै हुनुहुन्छ ।

केदारभक्त श्रेष्ठका दाइ इन्द्रभक्त उद्योगपति हुनुहुन्थ्यो भने उहाँका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।