कलाकार संघको अध्यक्षमा रेजिनाको उम्मेदवारी

0
28

काठमाडौं । अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन्। रेजिनाले शनिवार अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराएकी हुन् ।

विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्। उप्रेती हाल वरिष्ठ उपाध्यक्ष रहेकाले आफू अध्यक्ष पदका लागि योग्य रहेको बताउँछिन् । साथै, अग्रज, समकालीन, नयाँ कलाकारहरूको साथ रहेकाले आफ्नो जित पक्का रहेको उनको दावी छ ।

जनचेतनामुलक टेलिसिरियल ‘चेतना’ बाट अभिनय यात्रा सुरुवात गरेकी रेजिनाले ७० बढी चलचित्रमा अभिनय गरेकी छिन्। म्युजिक भिडीओ, सोसल डकुमेन्ट्री र विज्ञापनमा अभिनय गरेकी रेजिनासँगै कलाकार मोहन निरौला पनि अध्यक्ष पदमा उमेदवार रहेका छन्।

रेजिनाले बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथ, कर्णविर लगायतका चलचित्रमा अभिनय गरेकी छिन्। उनले आफूले घोषणा पत्र तयार पारेको समेत बताएकी छिन्।

यस्तै, उपाध्यक्ष पदमा सात जनाले उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डिबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी र विष्णुप्रसाद रिजालले उपध्याक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यसैगरी, महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सचिवमा २ जनाले, कोषाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सदस्य पदमा २६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी चैत ४ गते हुन गइरहेको