कान्स फिल्म फेष्टिभलमा सुरक्षाले लगाएको पहिरन आकर्षक १५ को सूचिमा

0
35
तस्वीरः जेन्जिङ छेतेन् भुटिया फेसबुक वालबाट

काठमाडौं । कान्स फिल्म फेष्टिभलमा ‘रेड कार्पेट’ मा उभिएकी नेपाली अभिनेत्री सुरक्षा पन्तले लगाएको पहिरन आकर्षण पहिरनमा छनोट भएको छ । कान्स फिल्म फेष्टिभलमा सुरक्षाले सानो भूमिका निर्वाह गरेको ‘द एट माउन्टेन्स’ पनि प्रदर्शन भएको थियो ।

उक्त फिल्मको प्रिमियम सोका लागि गत हप्ता फ्रान्स पुगेकी सुरक्षा ‘रेड कार्पेट’ मा उभिएकी हुन् । कान्सको ‘रेड कार्पेट’ मा संसारका १५ सेलिब्रेटी महिला उभिएका थिए । जसमा नेपालकी अभिनेत्री सुरक्षाले पनि इतिहस रच्न सफल भइन् । इतिहस रच्दैगर्दा उनले लगाएको रातो कलरको पहिरनले पनि सबैको ध्यान तान्न सफल भएको थियो ।

उनले अभिनय गरेको फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियर गत बुधबार भएको थियो । सुरक्षा कान्सको रेड कार्पेटमा आधिकारिक रुपमा हिड्ने पहिलो नेपाली अभिनेत्री समेत बनेकी छिन् । उनले लगाएको सुन्दर पहिरन नेपालका डिजाइनर जेन्जिङ छेतेन् भुटियाले डिजाइन गरेका हुन् ।