काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात

0
86

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले किर्गिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
२५-११, २५-१९ र २५-११को सोझो सेटमा किर्गिस्तानलाई हराएको हो । पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले तेस्रो सेट पनि जित्यो ।
आजको खेलमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको जोडी चम्किएसँगै खेल नेपालले जित्यो। आजको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गर्नुभयो ।

खेलमा पुनम चन्द अलराउन्डरको भूमिकामा देखिनुभयो भने सेटर पोजिसन कप्तान अरुणा शाहीले सम्हाल्नु भएको थियो।
आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।