काम लगाइदिने प्रलोभनमा नयाँ दिल्ली पुर्‍याएकी नेपाली किशोरीको उद्धार

0
18

काठमाडौं । भारतको दिल्लीबाट एकजना किशोरीको उद्धार गरिएको छ । ती किशोरीलाई दिल्लीबाट मुम्बइ लैजाँदै गर्दा चाइल्ड लाइन दिल्ली पुलिस र किन इन्डिया को संयुक्त प्रयासमा नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो ।
दैलेख घर भएकी ती किशोरीलाई आफू कहाँ जादैँछु भन्ने पनि थिएन ।

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टका अनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने प्रलोभन देखाएर ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगेका थिए ।

बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा ‘सिडब्लु सी’ मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र कानूनी प्रकृया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिुनभयो ।