के हो सुत्केरीलाई हुने डिप्रेशन ? कसरी लाग्छ यो रोग

0
154
  • सुत्केरीमा महिलालाको भावनात्मक, मानसिक र शारीरिक परिवर्तनमा नकारात्मक असर पर्छ । भावनामा आएको परिवर्तनका कारण महिललाई रुने कराउने, सानो कुरामा चित्त दुखाउने, परिवारले वास्ता गरेको छैन् भन्ने,चिडचिडाहपन हुने, चिंता गर्ने जतिखेरै एउटै कुरा मनमा खेलाइ राख्ने, निराश बन्ने, एक्लै छु भन्ने महशुस गर्नेआदि हुन सक्छ ।
  • वल्र्ड हेल्थ अर्थनाइजेशनद्वारा प्रकाशित रिपार्टअनुसार महिलालाई बच्चा जन्मेपछि यी विभिन्न कारणले पोष्टपार्टम डिप्रेशन हुनसक्छ ।
  • प्रसवपछि महिलामा हार्मोन –एसट्रोजन, प्रोजेस्ट्रन, टेस्टोस्टेरोनजस्ता हार्मोनको परिवर्तनका कारण आमाको व्यवहारमा परिवर्तन आउँछ ।
  • सुत्केरीमा संतान वा बच्चाको लिंगका विषयमा धेरै तनाव लियो भने पनि पोष्टपार्टम डिप्रेशन हुनसक्छ ।
  • महिलालाई घर सम्हाल्नु पर्ने, बच्चा हेनुपर्ने अधिक जिम्वेवारी हुनसक्छ । यसका कारण महिलाको मानसिक र शारीरिक कमजोर हुनसक्छ । यसले पनि पोष्टपार्टम डिप्रेशन हुनसक्छ ।
  • आजभोली महिलाले अफिस, घर र बच्चा सम्हाल्नु पर्ने भएकाले पनि जिम्वेवारी बढी भएर राम्रो काम प्रदर्शन गर्न सक्दैनन् । यस्तो अवस्थामा कामकाजी महिलालाई मनमा डर भइरहेको हुन्छ जसका कारण तनाव उत्पन्न भएर डिप्रेशन हुनसक्छ ।
  • घरपरिवारले सुत्केरीमा राम्ररी हेरविचार गरेनन् भने पनि पोष्टपार्टम डिप्रेशन हुनसक्छ ।

काठमाडौं । यो संसारमा कोही त्यस्तो योद्धा छ भने त्यो हो, आमा । किनकी जो गर्भावस्थाको समय र बच्चालाई जन्म दिइसकेपछि पनि दुःखको पहाडसँग जुध्छिन् ।

गर्भावस्था वा प्रसवपछिको समय बच्चा हुर्काउने क्रममा उनी नियमित समस्यासँग त जुधेकै हुन्छिन् यसका अतिरिक्त उनी मानसिक रूपमा आउने परिवर्तनसँग पनि जुध्नुपर्ने हुन्छ ।

बच्चा जन्मिसकेपछि हर्मनका कारण आमामा मानसिक परिवर्तन देखिनसक्छ, त्यो मानसिक परिवर्तन पोस्टपार्टम डिप्रेशन पनि हुन सक्छ ।
पोस्टपार्टम डिप्रेशनका बारेमा नेपालमा धेरै चर्चा भएको पाइँदैन ।

A woman with a child in her arms asks herself many questions. Conceptual illustration about postpartum depression, help for a young mother, family support. Flat cartoon illustration isolated on white background

अन्य विकसित मुलुकमा भने गर्भवती महिलालाई यस डिप्रेशनका बारेमा सहजै बताइन्छ । र, यससँग सम्बद्ध विभिन्न प्रश्न पनि सोध्ने गरिन्छ । साथै, समस्याको समाधान पनि खोजिन्छ ।
नेपालमा समस्या आएर यसले विकाल रूप लिएपछि मात्र डाक्टरको सल्लाह लिइन्छ । अर्कोतिर डाक्टरले पनि गर्भवती वा प्रसवपछि महिलालाई पोस्टपार्टम डिप्रेशनका बारेमा खासै बताएका हुँदैनन् । गर्भवती महिला आफूले पनि नियमित चेकअपमा जाँदा होस् वा अन्य समयमा पनि पोस्टपार्टम डिप्रेशनका बारेमा सोधखोज गर्नुपर्छ ।

विकसित मुलुकमा पोष्टपार्टम डिप्रेशन हुनु अघि नै चिकित्सकले यस्ता प्रश्न सोध्छन् ।

  • तपाईंलाई के गर्भअवस्थामा हुने प्रत्येक नयाँ अनुभूती हास्यस्पद लाग्छ ?
  • केही गलत भयो भने आफैलाई अनावश्यक रुपमा जिम्वेवार ठान्नुहुन्छ ?
  • के तपाईंप्रायजसो दुःखी रहनुहुन्छ ?
  • रुन मन लागि रहन्छ ?
  • के तपाईं आफूं स्वयमलाई नोक्सान पुर्‍याउन चाहानु हुन्छ ?

हाम्रो देशमा डाक्टरले अक्सर यस्तो प्रश्न सोध्ने गर्दैनन् । तर, यूरोप तथा अमेरिकी देशहरूमा डाक्टरले गर्भवती महिलालाई यस्ता प्रश्न बारम्बार सोधिरहन्छन् ।
डाक्टरले कहीँ गर्भवती महिला पोस्टपार्टम डिप्रेशनबाट त पीडित छैनन् भनेर यस्ता प्रश्न सोध्ने गर्छन् । डाक्टरले गर्भवती महिलालाई यस्ता प्रश्न गरे भने मात्र पनि पोस्टपार्टम डिप्रेशनका बारेमा उनीहरूले थाहा पाउन सक्छन् । अस्ट्रेलियाका एक डाक्टर भन्छन्, ‘गर्भवती महिला सुत्केरी भएपछि उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ ।

सधैं उदासीन रहने, तनाव हुने, चिडचिडाहट हुने, रिसाउने गर्न सक्छन् । केहीलाई त बच्चालाई मारिदिऊ वा आफै पनि मरौं भन्ने सोच आउन सक्छ । सुत्केरी वा सुत्केरीपछिको अवस्थामा यस्तो समस्या आएमा पहिला उसलाई परिवारको एकदमै सहयोगको आवश्यकता पर्छ । र, यसको स्वास्थ्य उपचार पनि तत्काल गर्नुपर्छ ।’

पोस्टपार्टम डिप्रेशनका बारेमा डाक्टर वा आफन्तले गर्भवती वा सुत्केरी महिलालाई बताउँदा उनीहरूले शारीरिक मात्र होइन, मानसिक अवस्थाको पनि उत्तिकै ख्याल गरिरहेको महशुस गर्छन् ।

के हो पोष्टपार्टम डिप्रेशन ?

This image has an empty alt attribute; its file name is 250708189_591753951873616_8630032530738861637_n-1024x512.jpg

सन्तानको जन्मपछि महिलालाई तनाव वा डिप्रेशन हुनसक्छ यसलाई पोस्टपार्टम डिप्रेशन भनिन्छ । डा. कमल खुराना सिनियर साइकोलोजिस्ट भन्छन्, ‘पोस्टपार्टम डिप्रेशनमा गर्भवती महिलाले बच्चा जन्माइसकेपछि व्यवहारमा परिवर्तन आउन सक्छ ।

बच्चाको जन्मपछि आमालाई डिप्रेशन तुरुन्त पनि हुन सक्छ वा एक वर्षपछि पनि हुन सक्छ । प्रायः महिलालाई बच्चा जन्माएको तीन महिनाभित्रै पोस्टपार्टम डिप्रेशन हुन सक्छ ।

यस समयमा महिलाको भावनात्मक, मानसिक र शारीरिक परिवर्तनमा नकारात्मक असर पर्छ । भावनामा आएको परिवर्तनका कारण महिललाई रुने कराउने, सानो कुरामा चित्त दुखाउने, परिवारले वास्ता गरेको छैन भन्ने, चिडचिडाहटपन हुने, चिन्ता गर्ने जतिखेरै एउटै कुरा मनमा खेलाइ राख्ने, निराश बन्ने, एक्लै छु भन्ने महशुस गर्ने आदि हुन सक्छ ।’

वल्र्ड हेल्थ अर्गनाइजेशन द्वारा प्रकाशित रिपोर्टका अनुसार महिलालाई बच्चा जन्मेपछि यी विभिन्न कारणले पोस्टपार्टम डिप्रेशन हुन सक्छ ।
प्रसवपछि महिलामा हार्मोन –एसट्रोजन, प्रोजेस्ट्रन, टेस्टोस्टेरोनजस्ता हर्मोनको परिवर्तनका कारण आमाको व्यवहारमा परिवर्तन आउँछ ।
सामाजिक कारणमा जस्तो कसैले छोराको चाहना गरेको र छोरी भयो भने कसैले छोरीको चाहना गरेको तर छोरा भयो र धेरै तनाव लियो भने पनि पोस्टपार्टम डिप्रेशन हुन सक्छ ।

साथै महिलालाई घर सम्हाल्नुपर्ने र बच्चा हेर्नुपर्ने अधिक जिम्मेवारी पनि हुन सक्छ । यस कारण महिलाको मानसिक र शारीरिक कमजोर हुन सक्छ । यसले पनि पोस्टपार्टम डिप्रेशन निम्त्याउन सक्छ ।

आजभोलि महिलाले अफिस, घर र बच्चा सम्हाल्नुपर्ने भएकाले पनि जिम्मेवारी बढी भएर राम्रो काम प्रदर्शन गर्न सक्दैनन् । यस्तो अवस्थामा कामकाजी महिलालाई मनमा डर उत्पन्न भइरहेको हुन्छ जसका कारण तनाव उत्पन्न भएर डिप्रेशन हुन सक्छ ।
घरपरिवारले सुत्केरीमा राम्ररी हेरविचार गरेनन् भने पनि पोस्टपार्टम डिप्रेशन हुन सक्छ ।

पोष्टपार्टम डिप्रेशनको उपचार

This image has an empty alt attribute; its file name is 250727907_237531135107784_1887318944593974665_n-1024x512.jpg


पोस्टपार्टम डिप्रेशन सुरु भएको अवस्थामा नै थाहा पाइयो भने यसले गम्भीर रूप लिँदैन । परिवारको राम्रो हेरविचारका कारण केही समयपछि आपैm ठीक हुन्छ ।
डा.खुराना भन्छन्, ‘प्रसवपछि महिलालाई घरपरिवारको सहयोग अत्यधिक चाहिन्छ । यदि बच्चाको आमाको शरीरिक वा मानसिक रूपमा यस्तो ख्यालहरू आएको रहेछ भने असल आमा बन्नका लागि दबाब दिनु हुँदैन ।

र, बच्चाको अधिक ख्याल परिवारले राख्नुपर्छ । आमालाई बच्चा हेरचाहको बोझबाट केही हटाउनुपर्छ । उनलाई भावनात्मक सहयोग गर्नुपर्छ । आपूmले धैर्य राख्न सक्नुपर्छ ।’

साथसाथै औषधि थेरापी र डाक्टरको परामर्श पनि लिनुपर्छ । अस्पतालको डाक्टरले पनि सही तरीकाले पीडितलाई जानकारी दिनुपर्छ । यसरी डाक्टरले गर्भवती वा प्रसवपछि महिलालाई मानसिक बारेमा सोध्ने हो भने धेरै हदसम्म पीडितलाई सहयोग पुग्छ । डाक्टरको सल्लाहबमोजिम औषधि दिएको छ भने मनमा अनेक तर्क नगरी औषधिको प्रयोग गर्नुपर्छ ।
लिनु हुँदैन् झारफुकको साहरा
नेपालमा पोष्टपार्टम डिप्रेशन (प्रसव पछि हुने मानसिक स्थित) मा परिवर्तन आई तनाव हुन्छ त्यसलाई कुल लागेको वा अन्य केही भएको भनेर झारफुक गर्ने चलन अझै छ । यो झारफुक गरेर विसेक हुने रोग होइन यो डाक्टरलाई देखाउनु पर्ने रोग हो । डाक्टरको सल्लाहमा औषधीले चाँडै निको पनि हुन्छ । पोष्टपार्टम डिप्रेशनका बारेमा गर्भवती महिला मात्र होइन सम्पूर्ण महिला तथा घर परिवार सचेत हुने हो भने यो सामान्य नै हो । सबैको हेरचाहमा पोष्टपार्टम डिप्रेशन चाँडै निको हुन्छ ।

श्रोत : विभिन्न अन्तराष्ट्रिय स्वास्थ्य जर्नलबाट तयार परिएको