के हो बच्चामा हुने डाउन सिन्ड्रोम ?

0
1189

काठमाडौं । आफ्ना छोराछोरी स्वस्थ हुन भन्ने चाहना सबै आमाबुबाको हुन्छ । आज हामी गर्भावस्थामा बच्चामा हुने एउटा यस्तो अवस्थाको बारेमा जानकारी दिन गइरहेका छौँ त्यो हो डाउन सिन्ड्रोम ।

पछिल्लो समय विभिन्न कारणले बच्चामा डाउन सिन्ड्रोम हुने क्रम बढ्दो छ । आज हामीलाई डाउन सिन्ड्रोमको बारेमा जानकारी दिंदै हुनुहुन्छ काठमाडौं मेडिकल कलेजकी डाक्टर स्त्री तथा प्रसूति विशेषज्ञ रूपा बजगाई ।

के हो डाउन सिन्ड्रोम ?
डाउन सिन्ड्रोमक एक अवस्था हो । यो रोग होइन । यसलाई ‘ट्राइसामी २१’ पनि भनिन्छ । यस अवस्थामा जन्मिने बच्चाहरू सामान्य ब्यक्तिको भन्दा बढी कोमोजम हुन्छन् ।

डाउन सिन्ड्रोम तीन प्रकारका हुन्छन् ।
१. ट्राइसोमी २१
ट्राइसोमी २१ देखिएका बच्चामा अन्य साधारण व्यक्तिको भन्दा एउटा बढी कोमोजम हुन्छ ।
२. ट्रान्स्लोकेसन
ट्रान्स्लोकेसनमा एउटा जिन्स आफ्नो स्थानभन्दा फरक ठाउँमा बस्ने भएकाले बच्चामा डाउन सिन्ड्रम देखिन्छ ।
३. मोजियाक
कोशिका (सेल) बिभाजन हुने क्रमममा एउटै व्यक्तिमा दुईभन्दा बढी कोशिका विकास भएर डाउन सिन्ड्रम हुन्छ ।

कसरी हुन्छ त डाउन सिन्ड्रोम ?
यो वंशानुगत गुण (आमा/बुबा) दुवैको कारणले हुन सक्छ ।
आमा गर्भवती हुने उमेर ३५ वर्ष नाघेपछि डाउन सिन्ड्रोम आवस्थाका बालबालिकाको जन्म हुने संभावना बढी हुन्छ । लगभग ८० प्रतिशत हुन्छ ।

डाउन सिन्ड्रोम यकिन कसरी गर्ने ?
हाल आएर हामीले डाउन सिन्ड्रोमको लागि प्रिनेटल स्क्रिनिङ्ग गर्छौं ।
जसमा गर्भवस्थामा ३ महिना पुगेपछि भिडियो एक्सरेका साथै विभिन्न प्रिनेटल टेष्ट गर्न सकिन्छ । यसमा जोखिम देखिएमा एमीनो सेन्टेसिस तथा कोरियोनिक भिलस स्याम्पल परीक्षण गरेको यकिन गर्न सकिन्छ । ३५ वर्षभन्दा माथि उमेरमा गर्भवती भएमा आमाले बच्चामा डाउन सिन्ड्रोम छ कि छैन भनि अनिवार्य जाँच गराउन पर्छ ।
लक्षण
जस्तो शारीरिक जोर्नी खुकुलो, मांशपेशी फिलतलो हुनु । अनुहारको बनोटमा फरक, हातमा एउटा मात्र रेखा हुनु ) लागेमा रगत परीक्षण साथै परामर्श लिइहाल्नु पर्छ । यस अवस्थाका ब्यक्तिहरुमा स्वास्थ समस्या बढी नै भएता पनि राम्रो स्याहार र उपचारले औसत आयु ४०/५० वर्षका् भन्दा माथि पनि भएको उदाहरण छन् ।

डाउन सिन्ड्रोम एक अवस्था हो । यसलाई पूर्ण रूपमा उपचार गर्न सकिन्न तर, जोखिमपूर्ण अवस्थालाई हामीले पत्ता लगाएर प्रेग्नेन्सी (गर्भधारण) भएको वेलामा स्क्रिनिङ गर्न सक्छौं ।

राष्ट्रिय स्तरबाट नै यस्तो अवस्थाको जाँच बारे जानकारी र टेष्टिङ्ग पोलिसी विकास गर्नुपर्छ । फोलिक एसिड तथा अरू पौष्टिक तत्वको महत्व बरे ज्ञान मुलक कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।