गत साता युट्युवमा सार्वधिक हेरिएका यी चर्चित गीत

0
43

दुई सातादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीतमा रम रम रमौटी परेको छ । खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको सो गीतलाई युट्युवमा साढे १२ लाखभन्दा बढी हेरिएको छ । अहिलेसम्म यसको कूल भ्यूज १ करोड ५० लाख पुगेको छ ।


साथै, यस साता दोस्रो स्थानमा समिक्षा अधिकारीको स्वरमा रहेको ‘धनगढीको बस’ छ । यो गीतलाई पछिल्लो साता ९ लाख ९६ हजारभन्दा बढीले हेरेका छन् । यको कूल भ्यूज लगभग करोड पुग्न लागेको छ ।


यो साता तेस्रो स्थानमा ‘सुन बटौली’ परेको छ । यसको भ्यू यस सातामात्र करिव ८ लाख छ । यसैगरी, चौथोमा भिटेनको गल्ली सडक, खेम सेन्चुरीको मनपरेको मान्छे पाँचौ स्थानमा छन् भने रेवत राईको तारे भीर छैटौं , दिनेश ढकालको कालो केशमा रेलीमाई सातौं, आठौंमा प्रकाश दूतराजको जाम भो माईली, नवौंमा एलिना चौहानको ए जिन्दगी र दसौंमा मेक्सम खातीको करिमाको दोस पर्न सफल भएको छ ।