गोलीबाट घाइते भएकी किशोरीको मृत्यु

0
304

काठमाडौं । सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । कालीकोटमा जिल्लाको नरहरिनाथ गाउँपालिका कि १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।

गत शुक्रबार दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर यलिसाका घाइते हुनु भएको थियो । गोली लागेपछि घाइते बन्नु भएकी यलिसाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । उहाँको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको हो ।

स्थानीय नेत्रराज बोगटीका अनुसार गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी यलिसाको टाउकोमा गोली लागेको थियो ।

यलिसाको आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । मृतक यलिसा कक्षा–१० मा अध्ययनरत छात्रा हुनुहुन्थ्यो।