सुन तोलामा पाँच सयले बढ्यो

0
55

काठमाडौं । आज सुनको भाउमा वृद्धि भएको छ । गत आइतबारबाट लगातार तीन दिन घटेको सुनको मूल्य आज भने तोलामा पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी तेजावी सुनको मूल्य एक लाख ८ हजार रहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोेबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ रहेको छ ।