घरेलु श्रमिक लैजानका लागि प्रक्रिया अघि बढाउन नेपाललाई युएईको आग्रह

0
152

युएईले नेपालबाट घरेलु श्रमिक पनि लैजान इच्छा व्यक्त गरेको छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन समेत युएईले नेपाललाई आग्रह गरेको छ। आज नेपाल र युएईबीचको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले सो आग्रह गरेको हो । आजै नेपाल र युएईबीच श्रम समझदारी नवीकरण समेत भएको छ।

छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे युएईलाई जानकारी पनि गराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका अनुसार श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा छलफल भएको थियो ।

सरकारले युएईमा नेपालीको न्यूनतम पारिश्रमिक सुनिश्चितता हुनुपर्ने, ज्यान गुमाएकाहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ।

त्यस्तै त्यहाँ जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित अभिलेखवद्ध श्रमिकहरूको नेपाल फिर्तीमा सहजीकरण गरिदिन पनि प्रस्ताव गरेको हो।