चलचित्र ‘अगस्त्य’ अभिनेत्री मलिकाको लुक्स बाहिरियो

0
305

काठमाडौं । सौरभ चौधरी निर्मित चलचित्र ‘अगस्त्य’ मा अभिनेत्रीको भूमिका निर्वाह गरेकी मलिका महतको क्यारेक्टर लुक्स बाहिरिएको छ ।

छायांकन सेटबाट मलिकाको लुक्स बाहिरिएको हो । गोरखपुरको बजारमा २५ दिनसम्म छायांकन हुने ‘अगस्त्य’ मा नेपालको भैरवहा, नवलपरासी र काठमाडौंमा पनि छायांकन हुने बताइएको छ ।

एक्सन थ्रिलरमा आधारित चलचित्रमा हराएकी प्रमिकाको खोजीको संघर्ष देखाइने बताइएको छ । चलचित्रमा सौगात मल्ल र नाजिर हुसेनले नायकको भूमिका निर्वाह गर्नुहुनेछ ।