चौतर्फी विरोधपछि सच्यायो पञ्जिकरण विभागले बच्चाको जन्मदर्ता गर्दा मावली थर लेख्ने परिपत्र

0
35

काठमाडौं । मावलीको थर राखी बच्चाको जन्मदर्ता गर्दिनु भन्ने परिपत्रलाई गृह मन्त्रालयअन्र्तगतको राष्ट्रिय पञ्जिकरण विभागले सच्याएको छ । विभागले आज जारी गरेको परिपत्रमा मावलीको थर राख्ने भन्ने व्यवस्था भएको ठाउँमा बच्चा जन्मिदा कायम आमाको थर र ठेगना भनी उल्लेख गरेको छ ।

विभागले गत २२ गते जारी गरेको परिपत्रको सर्वत्र विरोध भएपछि आज पुनः आफ्नो भनाइलाई सच्याएको हो । यस अघि विभागले एकल महिलाबाट जन्मिएका बच्चाले आमाको थर तथा मावलीकै थरबाट जन्मदर्ता बनाउन पर्ने भन्दै परिपत्र जारी गरेको थियो । विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ।