छात्रालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका प्रशासन प्रमुख पक्राउ

0
375

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् ।

१६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले बारम्बार यौन दुव्र्यवहार गरेपपछि छात्राले आफूमाथि दुर्व्यवहार गरेको कुरा फेसबुक पेजमा समेत लेख्नु भएको थियो ।

श्रेष्ठले आफूले दुव्र्यवहार गरेको कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएका थिए । बिहीवार साँझ पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।