जिद्दी बच्चालाई यसरी बनाउनुहोस् मायालु

0
115

काठमाडौं । हरेक अभिभावक सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ। झर्को लगाउने शिशु होस् वा रिसाइहने किशोर अवस्थाको बालबालिका । उनीहरुको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ।

आफूलाई त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि अभिभावकको हुँदैन, तर, बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन। अक्सफोर्ड विश्वविद्यालयमा बालबालिका सम्बन्धी विषय पढाउने प्राध्यापक क्लभर भन्नुहुन्छ, ‘कोही पनि बालबालिका खराब हुँदैनन्, व्यवहार मात्रै खराब हुनसक्छ। ’

बच्चालाई अनुशासनमा राख्ने केही प्रभावकारी विधिहरू पनि छन्, जसमध्ये एउटा विधि हो सकारात्मक अनुशासन ।
सकारात्मक अनुशासन किन ? प्राध्यापक क्लभर भन्नुहुन्छ, ‘आफ्ना बालबालिकाको अगाडि चिच्याउन वा पिट्न अभिभावकले पक्कै पनि चाहन्नन्।

हामी तनावमा रहेको बेला अन्य कुनै उपाय नदेखेर उनीहरूलाई गाली गर्ने वा पिट्ने गर्छौ।’ प्रमाण प्रष्ट छ स् गाली गरेर वा पिटेर समस्याको समाधान हुँदैन, बरू दीर्घकालीन रूपमा यसले फाईदा भन्दा बेफाईदा नै बढी गर्छ।

बारम्बार गाली गर्ने वा पिट्ने गर्नाले बालबालिकाको जीवन नै नकारात्मक रूपमा प्रभावित हुन सक्छ। बालबालिकालाई निरन्तर रूपमा ‘घातक तनाव’ भएमा विद्यालय जान छोड्ने, निराशा, लागु औषधको कुलत, आत्महत्या र मुटुरोग जस्ता नकारात्मक नतिजा देखिन सक्छन्।

बालबालिकासँग एक्लै समय बिताउने

दिनमा २० मिनेट वा भनौं ५ मिनेट मात्रै पनि बालबालिकासँग एक्लै समय बिताउनाले उनीहरूसँग राम्रो सम्बन्ध रहन्छ। ‘त्यस्तो समय हुनसक्छ जुन तपाईंले बालबालिकासंगै मिलेर भाँडा माझ्ने समयमा गीत गाउँदै वा लुगा सुकाउने समयमा कुराकानी गर्दै बिताउन सक्नुहुन्छ।

’ प्राध्यापक क्लभर भन्छन् ‘तपाईंले बालबालिकामा ध्यान दिनु वास्तवमै महत्वपूर्ण हुन्छ। त्यसैले, टेलिभिजन र फोन बन्द गरेर उनीहरूकै तहमा पुग्नुहोस् र सँगै समय बिताउनुहोस्।’ ‘कुनै चीजले काम गर्दैन भनेर यदि हामीलाई थाहा छ भने त्यसको सट्टामा फरक दृष्टिकोण अपनाउनु राम्रो हुन्छ।’

सकारात्मक कुरालाई तारिफ गर्ने

बालबालिकाले गर्ने नकारात्मक व्यवहारमा केन्द्रित भएर हामी उनीहरूलाई यो व्यवहार नराम्रो भयो भानिहाल्छौँ। तर बालबालिकालाई तारिफको खाँचो हुन्छ, जसले उनीहरूलाई माया पाएको महसुस गराउँछ।

‘यदि बालबालिकाले ५ मिनेटको लागि मात्रै आफ्नो साना दाजुरभाई वा दिदीरबहिनीसँग खेलेर समय बिताएको हो भने पनि हेर्नुहोस् र तारिफ गरिदिनुहोस्।’ प्राध्यापक क्लभरको सुझाव दिंदै भन्छन् । ‘यसले राम्रो व्यवहारलाई प्रोत्साहन दिन्छ ।’

गर्नुहुँदैन होइन, गर्नु पर्छ

‘बालबालिकालाई तिमीले यो गर्नुहुँदैन,उ गर्नु हुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नु पर्छ है भनेर स्पष्ट रूपमा भन्नु एकदमै बढी प्रभावकारी हुन्छ,’ प्राध्यापक क्लभर भन्नुहुन्छ। ‘तपाईंले आफ्नो बालबालिकालाई सामानहरू यताउता छरपष्ट नपार, वा असल बन भन्नुभयो भने आफुले के गर्नुपर्ने हो भनि राम्ररी बुझ्न सक्दैनन्।’

‘सबै खेलौनाहरू उठाएर बक्समा राख’ जस्ता वाक्य प्रयोग गर्ने हो भने तपाईंले के खोज्नुभएको हो भनि बुझ्ने सम्भावना बढी हुन्छ। ‘आफ्ना बालबालिकाको क्षमता कति छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै पनि असम्भव किसिमको काम लगाउनुभयो भने उनीहरू असफल हुन्छन्।’

रचनात्मक तरीकाले ध्यान मोडिदिनुहोस्

तपाईंको बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको समयमा अन्य कुनै सकारात्मक क्रियाकलाप मार्फत उसको ध्यान मोड्नु एउटा उपयोगी रणनीति हुनसक्छ ।

प्राध्यापक क्लभर भन्छन् ( कुराकानीको विषय परिवर्तन गरेर, कुनै गेम खेल्न शुरू गरेर , वा अर्को कोठामा लगेर वा बाहिर कतै हिंडन लाग्ने आदि उपायद्वारा तपाईंले उनीहरूको ध्यान सकारात्मक व्यवहार तर्फ केन्द्रित गराईदिन सक्नुहुन्छ।

शान्त परिणामको प्रयोग गर्नुहोस्

नराम्रो व्यवहारको परिणाम पनि नराम्रो र राम्रो व्यवहारको राम्रो परिणाम निस्किन्छ भन्ने कुरा बालबालिकाले बढ्ने क्रममा सिकाइनु पर्दछ। यो कुरा बालबालिकालाई राम्ररी बुझाउन सकियो भने यो साधारण प्रक्रिया मार्फत उनीहरूले राम्रो व्यवहार सिक्नुका साथै जिम्मेवारी बोध पनि गर्दछन्।

जस्तै, यदि तपाईंको बालबालिकाले भित्तामा केरमेट गरे भने त्यसो नगर्न अन्त्यथा उनीहरूको खेल्ने समय सकिने कुरा भन्न सक्नुहुन्छ।

यसबाट उनीहरूले चेतावनीका साथै आफ्नो व्यवहारमा परिवर्तन गर्ने मौका पनि पाउँछन्। यदि उनीहरू अझै पनि रोकिएनन् भने उनीहरूको निकै तारिफ गर्नुहोस् भन्ने सुझाव दिंदै प्राध्यापक क्लभर थप्छन् ।

‘तपाईंले आफ्नो बालबालिकाको लागि रचनात्मक प्रतिक्रिया सृजना गर्दै हुनुहुन्छ। नराम्रो व्यवहार गरेमा के हुन्छ भन्ने कुरा थाहा पाउनको लागि शान्त परिणामहरूको विधि प्रभावकारी देखिएको छ।’

साना बालबालिकासँग समय बिताउने
बालबालिकासँग एक्लै समय बिताउनु रमाईलो हुनसक्छ ( र यसको लागि कुनै खर्च पनि लाग्दैन १ ‘तपाईंले उनीहरूको शैलीको नक्कल गर्न वा भाँडाकुटी खेल्न वा सँगै गीत गाउन सक्नुहुन्छ, ‘ प्राध्यापक क्लभरको भनाई रहेको छ।

‘एउटा गजबको अनुसन्धानले के भन्छ भने तपाईं बालबालिकासँग खेल्नुभयो भने उनीहरूको मस्तिष्कको विकास थप राम्रो हुन्छ।’

ठुला बालबालिकासँग समय बिताउने

साना बालबालिकाले जस्तै किशोर उमेरका बालबालिकाले पनि आफ्नो तारिफ सुन्ने र आफुलाई अरूले राम्रो मानिदिउन् भन्ने चाहना राख्छन्। ‘उनीहरूको नजिक रहेर नाचिदिनुभयो वा उनीहरूका प्रिय गायकको बारेमा कुरा गरिदिनुभयो भने एकदमै मन पराउँछन्।

‘प्राध्यापक क्लभर भन्नुहुन्छ ‘उनीहरूले यो कुरा सधैं नदेखाउन सक्छन्, तर खुसी हुन्छन्। र, उनीहरूकै शैलीमा सम्बन्ध बनाउनको लागि यो एउटा प्रभावकारी तरीका हो।
श्रोतः युनिसेफ