टाइट जिन्स लगाउने बानी छ ? पुर्‍याउन सक्छ हैं अस्पताल

0
70

. शरीर दुख्ने समस्या
. थकित महसुस हुनु
. पसिना आउने ठाउँमा संक्रमण
. फंगल र जीवाणु संक्रमणको जोखिम
. अन्य टाइट लुगा पनि हानिकारक

काठमाडौं । हिजोआज जिन्स नलगाउने मानिस विरलै पाइन्छन् । महिला वा पुरुष दुवैलाई जिन्स लगाउन निक्कै मनपर्छ । केटा वा केटी जिन्स पाइन्टमा स्टाइलिसमात्र होइन सेक्सी पनि देखिन्छन् । केटीहरूले लगाउने टाइट जिन्सले अन्य मानिसको ध्यान तान्ने मात्र नभइ आत्मविश्वासी पनि देखाउँछ ।

टाइट जिन्समा जति मानिस आकर्षक देखिन्छन्, त्यति नै यसले समस्या पनि निम्त्याउँन सक्छ । जिन्सले हाम्रो फिगरलाई सेक्सी लुक्स देखाए पनि यसले शरीरलाई हानी पनि गर्ने विशेषज्ञले बताउँदै आएका छन् । जिन्स लगाएकै कारण तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ ।

पछिल्लो समय अस्ट्रेलियाको एक सहरमा एकजना केटीले लगाएको जिन्स पाइन्टका कारण अस्पताल पुग्नु परेको थियो । टाइट जिन्स पाइन्ट लगाउँदा उनको मांसपेशीमा रगत आपूर्ति नै भएको थिएन ।
टाइट जिन्स पाइन्ट लगाउनुका बेफाइदा
शरीर दुख्ने समस्या
टाइट जिन्सले मांसपेशीहरूको मुभमेन्टलाई रोक्छ । जसका कारण ढाडको भाग (पिठ्यू) रिब र कम्मरमा दबाब पर्छ ती ठाउँमा दुखाइको समस्या आउन सक्छ । टाइट जिन्सले जांघमा समस्या ल्याउँछ । यसले शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या पनि ल्याउन सक्छ ।

यति मात्र होइन् टाइट जिन्स लगाउँदा उठ्न र बस्न पनि समस्या हुन्छ । र, शरीरको मुद्रा पनि विग्रन्छ । शरीरमा टाइट कपडाहुँदा असहज हुन्छ । जसका कारण सास फेर्नसमेत गाह्रो पर्न सक्छ ।

थकित महसुस हुनु

टाइट जिन्स लगाउँदा छिटो थकित महसुस हुन्छ । टाइट जिन्स छाडेर खुकुलो लुगा गलाउनसाथ हामीलाई थाहा हुन्छ कि दुबैको फरक ।

पसिना आउने ठाउँमा संक्रमण
टाइट जिन्सका कारण हावा शरीर भित्र प्रवेश गर्न पाउँदैन् । पसिना आउने ठाउँमा संक्रमण पनि हुनसक्छ । यसले चिलाउने, एलर्जी, जलन हुने, दुखाइ बढाउँने जस्ता समस्या देखापर्न सक्छ । यो निकै खतरनाक पनि हुनसक्छ ।

फंगल र जीवाणु संक्रमणको जोखिम

कडा र टाइट किसिमको जिनले फंगलको जोखिम बढाउँछ । छालामा एलर्जी हुन्छ ।

अन्य टाइट लुगा पनि हानिकारक

जिन्स मात्र होइन अन्य कपडाले पनि हामीलाई स्वास्थमा असर पार्न सक्छ । यदि यो टाइट गरेर लगाइएको छ भने । जस्तो सेप वेयर, शरीरलाई स्लिम देखाउनका लागि लगाइने सेपवेयरले पनि शरीरलाई फाइदा नपुर्याउने विज्ञ बताउँछन् ।

शेपवेयर,टाइट ब्रा, पैन्टी, फिटिङ टीशर्ट, टाइट बेल्ट र हाइ हिलको प्रयोगले पनि हाम्रो स्वास्थ्यमा असर गर्छ ।