टाइट जिन्स लगाउने बानी छ ? पु¥याउन सक्छ है अस्पतालसम्म

0
20

काठमाडौं । महिला वा पुरुष दुवैलाई जिन्स लगाउन निक्कै मन पर्छ । जिन्स पेन्टमा महिला÷पुरुष स्टाइलिस देखिनेमात्र होइनन् उत्तिकै सेक्सी पनि देखिन्छन् । केटीहरुले लगाउने टाइट जिन्सले केटाको ध्यान मात्र तान्दैन् आत्मविश्वासी पनि उत्तिकै देखाउँछ । पछिल्लो समय जिन्स पेन्ट्स नलगाउने मानिस फेसनमा मतलव छैन् भन्दा पनि हुन्छ ।

जिन्स लगाउँदा आकर्षित देखिने भएकाले वालवालिका तथा टिनेजदेखि बढ्दो उमेर सबैले लगाउने गरेको पाइन्छ । टाइट जिन्समा जति आकर्षक देखिनुहुन्छ तर, यसका पनि केहीं अवगुण भने छन् । जिन्स लगाएकै कारण तपाई बिरामी पनि पर्न सक्नु हुन्छ ।

पछिल्लो समय अस्ट्रेलियाको एक सहरमा एक केटीले लगाएको जिन्स पेन्टका कारण अस्पताल पुग्नु परेको थियो । टाइट जिन्स पेन्टका कारण उनको मांसपेसीमा रगत आपूर्ति नै भएको थिएन् । जिन्स पैन्टस हाम्रो फिगरलाई सेक्सी लुक्स देखाए पनि यसले शरीरलाई हानी पनि गर्ने विशेषज्ञले बताउँदै आएका छन् ।


टाइट जिन्स पेन्ट लगाउनुका बेफाइदा
शरीरमा दुख्ने समस्या
टाइट जिन्ले मांशपेशीहरुको मुभमेन्टलाई रोक्छ । जसका कारण ढाडको भाग (पिठ्यू) रिब र कम्मरमा दबाब पर्छ ती ठाउँमा दुखाइको समस्या आउन सक्छ । टाइट जिन्सले जांघमा समस्या ल्याउँछ । यसले शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या पनि ल्याउन सक्छ । यति मात्र होइन् टाइट जिन्स लगाउँदा उठ्न र बस्न पनि समस्या हुन्छ । र, शरीरको मुद्रा पनि विग्रन्छ । शरीरमा टाइट कपडाहुँदा असहज हुन्छ । जसका कारण सास फेर्न गाह्रो हुन्छ ।


थकित महशुस हुनु
जब हामी टाइट जिन्स लगाउँछौ हामी धेरै नै छिटो थकित महशुस गर्छौ । जिन्स छोडेरर खुकुलो लुगा गलाउनसाथ हामीलाई थाहा हुन्छ कि दुबैको फरक ।

पसिना आउने ठाउँमा संक्रमण
विशेषगरी जहाँबाट धेरै पसिना आउँछ टाइट जिन्सका कारण हावा शरीर भित्र प्रवेश गर्न पाउँदैन् यसले चिलाउने, एलर्जी, जलन, र दुखाइ बढाउँछ । यो निकै खतरनाक पनि हुन सक्छ ।


फंगल र जीवाणु संक्रमणको जोखिम
कडा किसिमको जिनले फंगलको जोखिम बढाउँछ । यो रातो दागका कारण छालामा एलर्जी हुन्छ ।


जिन्स बाहेकका अन्य टाइट लुगा
जिन्स मात्र होइन् अन्य कपडाहरुले पनि हामीलाई स्वास्थमा असर पार्न सक्छ । यदि यो टाइट गरेर लगाइएको छ भने । जस्तो सेप वेयर, शरीरलाई स्लिम देखाउनका लागि लगाइने सेपवेयरले पनि शरीरलाई ठीक गर्दैन् । शेपवेयरदेखि बाहेक टाइट ब्रा, पैन्टी, फिटिङ टी शर्ट, टाइट बेल्ट र हाइ हिलको प्रयोगले पनि हाम्रो स्वास्थ्यमा असर गर्ने गर्छ ।