ट्रकको ठक्करबाट महिलाको मृत्यु

0
83

रौतहट । ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी समेत गरेका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर–१ का अन्दाजी ५५ वर्षीय पैदल यात्रीको मृत्यु भएको हो । ठक्कर पश्चात् ट्रकका चालकले ट्रक पछाडि चलाएर ९ब्याक गरेर० महिलाको ज्यान लिएको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकका चालक फरार छन् भने सहचालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँकाअनुसार आगजनी ट्रकको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको वारुण यन्त्र समेत स्थानीयले तोडफोडगरेका छन् । आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए ।