दमकका प्रमुख प्रशासकीय अधिकृत महिलासँग अनैतिक काम गर्दै गरेको भिडियो सार्वजनिक

0
247

काठमाडौं। झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । निरौलासँगै टिकटकको लाइभमा बसेर महिलाले कसैसँग कुराकानी गरिरहेको देखिन्छ ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको पनि देखिन्छ । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस निरौलाले गरिरहेका छन् ।
निरौलाले भने यो भिडियो दमकमा नभएर काठमाडौँको भएको दाबी गरेका छन् । काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको उनको दाबी छ । उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको बताएका छन् ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालका अनुसार भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको उनको भनाइ छ ।