दाङमा एक महिलामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

0
17

काठमाडौं । दाङमा एकजना महिलालाई सामुहिक बलात्कार गरिएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवाले महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

मागेर गुजरा टार्दै आएकी उनलाई घोराही उपामहानगरपालिकाको सडकमा सुतिरहेको अवस्थामा बलात्कार गरेका हुन् । पीडितका श्रीमान अपाङ्ग छन् । श्रीमानलाई कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

अपाङ्ग भएका श्रीमानको उपचार गराउन उनीहरु तीन महिना अघि दाङस्थित रापती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए ।
पीडित दम्पत्ती दोस्रो दिन कार्यालय आएर घटनाबारे हाजेरी दिएपछि प्रहरी परिचालन गरी आरोपितलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।