दृष्टिविहीन महिला शिक्षक पराजुलीलाई विद्यालयले गरायो हाजिरी

0
37
तस्वीरः राजेश घिमिरेबाट

काठमाडौं । दृष्टिविहीन महिला शिक्षक संगिता पराजुलीलाई विद्यालयले अन्ततः हाजिरी गराएको छ । रामेछापको खाँडादेवी गाउँपालिकास्थित मनेडाँडा माध्यमिक विद्यालयले हाजिरी गराएको हो ।

शिक्षक शेवा आयोगले लिएको परीक्षामा उर्तीण भई निम्नमाध्यामिक तहको शिक्षकको नियुक्त पाउनु भएकी पराजुलीलाई विद्यालयले दृष्टिवीहिन भएकै कारण हाजिर गर्न दिएको थिएन । पराजुलीलाई शिक्षक सेवा आयोगले निकालेको रोल नम्बरअनुसार रामेछाप पठाइएको थियो ।

उहाँलाई गत माघ २३ गते गाउँपालिकाले वडा नम्बर ९ को मानेडाँडा माध्यमिक विद्यालयको नेपाली शिक्षक पदस्थापनको पत्र दिएको थियो । तर, उहाँलाई विद्यालयले हाजिरी गराउन मानेन । विद्यालयले हाजिरी नगराएको थाहापाएपछि विभिन्न मिडिया तथा मानवअधिकारकर्मीले शिक्षक पराजुलीलाई हाजिर गराउनु पर्ने भन्दै दवाव सिर्जना गर्नु भएको थियो ।

विद्यालयले हाजिरी गराएपनि उक्त विद्यालयमा उपयुक्त वातावरण नबनेका कारण काजमा अन्य विद्यालय पठाउने तयारी भइरहेको विद्यालयले जानकारी दिएको छ ।