धनुषामा एक महिलाको शव फेला

0
101
| Getty Images

जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ। उनको शव सडेगलेको अवस्थामा फेला परेको हो। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाँडामा शुक्रबार साँझ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जानकारी दिएको छ।

नामथर वतन नखुलेको अन्दाजी ३५–३६ वर्षीया महिलाको शव सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।