नर्सिङ परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीन जना पक्राउ

0
154

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १६ बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्चिट्युडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा कास्की पोखराकी २० वर्षीया समिक्षा थापा, २० वर्षीया भावना गुरुङ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ की २३ वर्षीया सबिना आलेमगर पक्राउ परेका हुन्।

शनिबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षण परीक्षामा सहभागी भएका तीन जनालाई पक्राउ गरेको हो। उनीहरू तीनै जना पोखराको अल ब्राइट इन्स्चिट्युडका विद्यार्थी हुन्।

प्रहरीका अनुसार सबिना आले मगरले फोनबाट प्रश्नपत्र मेसेन्जर ग्रुपमा पठाएका थिए। त्यसपछि इन्स्चिट्युडका सदस्यले नै उत्तरहरू ग्रुपमा पठाएका थिए। उत्तर आएपछि विद्यार्थीहरूले चिट चोरेको पाइएको हो।
उनीहरूमाथि शिक्षा ऐन अनुसार कारबाही अघि बढाउने परिसरले जनाएको छ।