नायिका प्रकृति असफल कि चलचित्र ?

0
514

काठमाडौं । चलचित्र ‘होष्टेल’ बाट डेब्यू गर्नु भएकी नायिका प्रकृतिको पहिलो चलचित्र हिट भयो । डेब्यू चलचित्र हिट भएपछि उत्साहित बन्नु भएकी प्रकृतिका त्यसयता चलचित्र हिट हुन सकेका छैनन् ।

‘होष्टेल’ पछि प्रकृतिले ‘आभाष’, ‘जिन्दगी रक्स’ र ‘उत्सव’ लगायतका चलचित्रमा अभिनय गर्नु भयो तर ती चलचित्र हिट हुन सकेनन् । चलचित्र हिट नभए पनि अष्ट्रेलिया मा सेटल भइसक्नु भएकी प्रकृतिले अझै आशा भने मार्नु भएको छैन् । भविष्यमा दर्शकको मन जित्ने योजनामा रहनु भएकी प्रकृतिलाई दर्शकको पक्कै साथ हुनेछ ।

करिब ६ वर्ष अघि विवाह गरेर अष्ट्रेलिया जानुभएकी प्रकृति ६ वर्षपछि फिल्म ‘बिहे पास’बाट अभिनयमा फर्कनु भएको हो । सुपरस्टार दयाहाङ राईसँगको चलचित्र पनि नचले पछि अहिले प्रकृतिलाई संकट आइलागेको हो ।

हुन त उनलाई फिल्मको असफलताले खासै अर्थ नराख्ने प्रकृतिलाई बुझ्नेको भनाइ छ । किनकि, उँहा अष्ट्रेलियामै ‘सेटल’ हुनुभएकी प्रकृति नेपालमा फूर्सदको समयमा मात्र आउने गर्नु हुन्छ । उहाँका जानकारका अनुसार प्रकृति चलचित्रमा असफल बनेपनि उहाँ आफू भने सफल जीवन विताइरहनु भएको छ ।