नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

0
93

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । नेता नेम्वाङको हृदयघातका कारण निधन भएको हो ।

राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पतालले जानकारी दिएको छ ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न पार्टीका शीर्ष नेता त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जित्दै आउनु भएको थियो । ।