नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा नेपालको जित

शर्मिला विश्वकर्मा

0
301

काठमाडौं ।  नेत्रहीन क्रिकेट संघ नेपालले यहि वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौमा आयोजना गरेको नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा नेपालको जित भएको छ ।

पहिलो दिन सम्पन्न भएको खेलमा नेपाली टोलीले भारतीय टोली माथि विजयी प्राप्त गरेको थियो । टस हारेर फिल्डिङ्ग रोजेको भारतीय टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो र भारतका ५ खेलाडी रन आउट भएका थिए ।

सो खेलमा विनीता पुन र निशा चौधरीले एक/एक विकेट लिएका थिए । जवाफी व्यटिङ्गमा नेपालले २ विकेट क्षतिमा ८ विकेटको जित हासिल गरेको थियो । त्यसै गरी १३ गते पोखरा मै टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ विकेटको फराकिलो जित हासिल गर्न सफल भएको थियो ।

नेपालका तर्फबाट सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राईले २९ रन बनाउनु भएको थियो । नेपालले निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए ।

पोखरामा २ खेल समाप्ति पछी १५, १६ र १७ गते मुलपानी तल्लो मुलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा १५ र १६ गते नेपालले भारत माथि विजयी प्राप्त गरेको हो । तेस्रो दिन बैशाख १५ गते तल्लो मुलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोलीले २१४ रनको स्केरको प्रस्तुत गरेको थियो ।

भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे पनि अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेका थिएनन् । नेपालका लागि निशा चौधरीले १ विकेट लिन सफल भइन भने भारतका ४ खेलाडी रनआउट भएका थिए ।

जवाफी व्यटिङ्गमा नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर ९ विकेटको विशास जित हासिल गरेको थियो । नेपालका लागि विनिता पुनले ६७ वलमा नट आउट १२६ रन प्रहार गर्नु भएको थियो । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५ रन प्रहार गर्नु भएको थियो ।

चौथो दिन अर्थात् वैशाख १६ गते टस जितेर फिल्डिङ्ग रोजेको नेपाल माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सक्नु भएन।

नेपालका लागि सरिता घिमिरेले १ व्हृयीकेट लिनु भएको थियो भने भारतका ४ खेलाडी रन आउट हुनुभएको थियो । जवाफी व्यटिङ्गमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा १७.५ ओभर खेल्दै विना विकेटको क्षतिमा १० विकेटको विशाल जित हासिल गरेको थियो ।

नेपालका लागि प्लेयर अफ द म्याच हुनु भएकी मन केशरी चौधरीले ५९ वलमा नट आउट ११६ रन प्रहार गर्नु भएको थियो । त्यसै गरी नट आउट विनीता पुनले ५० वलमा ८९ रन प्रहार गर्नु भएको थियो । आइतबार अर्थात् १७ गते भएको पाँचौँ खेल वर्षाले प्रभावित भए पछि नेपालले पाँच खेलको सिरिज ३/१ ले आफ्नो पक्षमा पारेको हो भने वर्षाका कारण १०/१० ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९२ रन बनाएको थियो भने दोस्रो इन्डिङ्ग वर्षाको कारण खेल स्थगित भएको थियो ।

सिरिजमा बी वान तर्फ भारतकी सिमु दास प्लेयर अफ दि सिरिज घोषित हुनुभएको छ । उहाँँले १७० रन बनाउनु भएको थियो । त्यसै गरी बी टु तर्फ नेपालकी मनकेशी चौधरी र बी थ्री तर्फ नेपालकै विनीता पुन प्लेयर अफ दि सिरिज बन्न सफल हुनु भयो । मनकेशीले २१३ र विनीताले ३४४ रन बनाउनु भएको थियो ।

यी ३ जना नै खेलाडीहरूले सम्मान स्वरूप नगद रु १०/१० हजार प्राप्त गर्नु भयो । नेपाल र भारत बिच भएको नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा पहिलो भएर विजेता प्राप्त गर्ने नेपाली टिमले रु ८५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने भने भारतले रु ४५ हजार नगद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।