नेपालकी रूक्सना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

0
74

काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकाष्टिङ कर्पोरेशन (बीबीसी) को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पर्नु भएको छ । बीबीसीले आज मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली महिला सूची सार्वजनिक गरेको हो ।

रुक्सना ट्रान्सजेण्डर महिलाका हकहितमा काम गर्दै आउनु भएको छ र, उहाँ आफै ट्रान्सजेण्डर महिला हुनुहुन्छ । रुक्सना कानूनको विद्यार्थी समेत हुनुहुन्छ । बीबीसीले राजनीति, उद्यम, साहित्य, कला, सेवालगायतका क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेका संसारभरका महिलालाई छनौट गर्ने गरेको छ ।