नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

0
53

काठमाडौं । नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जालका रुपमा रहेको टिकटकलाई आज बसेको मन्त्री परिषद्को बैठकले बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरेको सरकारको भनाइ छ । मन्त्री शर्माका अनुसार टिकटक तत्कालै बन्द गरिने छ ।