नेपाली युवतीलाई भारत लगी बेच्ने तीन जना पक्राउ

0
58

काठमाडौं । नेपाली युवतीलाई भारत लगी बेच्ने तीन जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली युवतीलाई भारतमा बेचबिखन गरी यौन व्यवसायमा लगाएकाृ आरोपा पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रवक्ता एवं एसपी कृष्ण पंगेनीका अनुसार मकवानपुर भिमफेदी ९ की २० वर्षीय सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी २ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुस्मा मगराती पक्राउ परेका हुन्।

मानव बेचबिखन गर्ने गिरोह नै भए पनि प्रहरीले यसमा संलग्न तीन जनालाई मात्रै पक्राउ गरेको हो। अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
एसपी पंगेनीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत युवती तथा महिलाहरूलाई निशाना बनाउँथे।

गत असोजदेखि फागुनसम्ममा ९ जना पीडितलाई दिल्ली पुर्याएका थिए। औषधि मिसाएको प्याकिङ खाना तथा जुस दिएर बेहोस बनाई सीमा कटाएको पनि उनले बताए। केही पीडितलाई भने गाडीमा समेत लगिएको अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताए।

प्रहरीका अनुसार उनीहरूले युवतीहरूलाई दिल्ली पुर्याउन काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाउँथे।
यस्तै उनीहरूलाई दिल्ली किशनगणस्थित पन्जाबीढावा भन्ने स्थानमा फ्ल्याटमा राखिएको र सिसिटिभीको निगरानीमा राखिएको थियो।

ग्राहकलाई ह्वाट्सएपबाट युवतीहरूको फोटो पठाउने र उताबाट छानेपछि ती व्यक्तिले नै भनेको होटल, घरहरूमा पुर्याउने गरिन्थ्यो । यस्तै एक जना युवतीले एक महिनामा कम्तीमा पनि १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै दबाब दिने गरेको पनि पीडितहरूले प्रहरीलाई बताएका छन्। गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गर्थे।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार सेन्जीले मात्रै ८ जनालाई बेचबिखन गरी यौन व्यवसायमा लगाएको खुलेको छ। प्रत्येक व्यक्तिबाट उनले ५० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए। श्रीमान(श्रीमती भुवन र सुस्माको भने दुईरतीन जनालाई बेचबिखन गर्नमा भूमिका देखिएको छ।

उनीहरूले पनि सेन्जीले जस्तै युवतीहरू खोज्ने गरेको देखिन्छ। भुवनले युवतीहरूलाई प्रलोभनमा पारेपछि बसपार्कसम्म पुर्याउँथे। पीडितलाई आफ्नी श्रीमती सुस्मासँगै दिल्ली पठाउँथे। ‘सुस्मा आफैं पनि दिल्ली पुगेकी छन्। फेरि उनी दुई महिने बच्चाकी आमा पनि हुन्। उनलाई पनि भारतबाटै उद्धार गरी ल्याएका हौं,’ उनले भने।

सुस्मा पनि भारतमै पीडितहरूसँग फेला परेकी थिइन्। तर उनको पनि मानव बेचबिखन गर्नेमा भूमिका थियोरथिएन भन्ने खुलेको थिएन। पीडितको उद्धार गर्ने बेलामा प्रहरीले उनलाई पनि सँगै ल्याएको थियो।

त्यस्तै ठाउँमा सुस्मालाई भेटाएर हामीले उद्धार भनेर ल्याएका थियौं। बच्चा पनि उनीसँगै थियो। यहाँ ल्याएर पनि सोधपुछ गर्ने क्रममा उनले नै तीन जनालाई त्यहाँ पठाएको खुल्यो,’ एसएसपी श्रेष्ठले भने, ‘त्यसपछि उनी र उनका श्रीमानलाई पनि पक्राउ गरेका हौं।’