नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम एक अर्बभन्दा माथि

0
123

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १६.२४ अंकले बढेर एक हजार नौ सय ८५.४३ बिन्दुमा कायम भएर कारोबार बन्द भएको छ।

आज २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेयर कारोबार रकममा समेत वृद्धि भएको छ। सोमबार ८७ करोड चार लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये दुई समूहबाहेक सबैको सूचक बढेको छ। होटल तथा पर्यटन समूह ०.०९ प्रतिशतले घट्दा व्यापार समूह ०।९३ प्रतिशतले गिरावट आएको छ। आज सबैभन्दा धेरै वित्त समूह १.९५ प्रतिशत र विकास बैंक १.४८ प्रतिशतले बढेको छ।

बजार बढ्दा आज शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, थ्रि स्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, बलेफि हाइड्रोपावर, अभियान लघुवित्त वित्तिय संस्था, पिपल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ।