पालुङ्गोको साग खानुका यस्ता छन् फाइदा

0
83

काठमाडौं । जाडो मौसममा ताजा हरियो सागसब्जी प्रशस्त पाइन्छ । हरियो सागसब्जीले हाम्रो स्वास्थ्यलाई अनेक फाइदा गर्छ । आज हामी यही जाडो मौसममा पाइने पालुङ्गो सागको फाइदाका बारेमा कुरा गर्न गइरहेका छौं । । पालुङ्गो सागमा सबै प्रकारका आवश्यक पोषक तत्त्व पाइन्छ र यसले शरीरलाई भित्रैदेखि तागत दिन्छ ।

पालुङ्गोमा २३ प्रतिशत क्यालोरी, ९१ प्रतिशत पानी, २.९ ग्राम प्रोटिन, ३.६ ग्राम कार्बोहाइड्रेड, २.२ ग्राम फाइबर र ०.४ ग्राम फ्याट हुनुका साथै भिटामिन ए, सी,के१, फोलिक एसिड, आइरन र क्याल्सियम पनि पाइन्छ ।

पालुङगोको साग खाँदा शरीरलाई हुन्छ यी फाइदा :

आखाँका लागि फाइदा

पालुङ्गोमा जीक्सान्थिन र ल्युटिन धेरै मात्रामा पाइन्छ । यसमा क्यारोटिनोइड हुन्छ, जसले आँखालाई हुने कुनै पनि प्रकारको हानिबाट बचाउँछ । अनुसन्धानकर्ताका अनुसार जिक्सान्थिन र ल्युटिनले आँखामा मोतिबिन्दु हुनबाट बचाउँछ । पालुङ्गोमा पाइने भिटामिन ए ले आँखाको ज्योतिका लागि आवश्यक पर्ने म्यूकस मेम्ब्रेन कायम राख्न मद्दत गर्छ ।

क्यान्सर हुनबाट जोगिन्छ

पालुङ्गोमा एमजीडीजी र एसक्यूडीजीजस्ता तत्त्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ । एक अध्ययनका अनुसार ट्युमरको आकार पनि घटाउँछ । पुरुषमा प्रोस्टेट क्यान्सर हुने सम्भावना पनि कम गर्छ । यसका साथै यसले स्तन क्यान्सरबाट पनि बचाउँछ । पालुङ्गोमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले क्यान्सरसँग लड्न मद्दत गर्छ ।

उच्च रक्तचापमा फाइदा

पालुङ्गोमा प्रशस्त मात्रामा नाइट्रेट हुन्छ, जसले रक्तचापको स्तर सन्तुलित राख्छ र मुटुसम्बन्धी रोगहरूबाट बचाउँछ । स्वास्थ्य विज्ञहरूका अनुसार पालुङ्गो खानाले रक्तचापको स्तरलाई प्रभावकारी रूपमा कम गर्छ । यसले मुटुलाई स्वस्थ राख्छ । पालुङ्गोमा पोटासियम पर्याप्त मात्रा पाइन्छ र सोडियम कम पाइन्छ । त्यसैले रक्तचापका बिरामीले पालुङ्गो खादाँ स्वास्थ्यका लागि फाइदा हुन्छ ।

पालुङ्गोले इम्युनिटी पावर बढाउँछ

जाडो मौसममा प्रायः मानिसहरूलाई रुघाखोकी लाग्ने गर्छ । पालुङ्गोले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । जाडोमा धेरैभन्दा धेरै पालुङगो खान स्वास्थ्य विज्ञहरूको सुझाव छ । यसमा बिटा क्यारोटिन मात्र नभई आवश्यक सबै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ । यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ जसले संक्रमणसँग लड्न मद्दत गर्छ ।

हेमोग्लोबिन बढाउँछ

हेमोग्लोबिनको मात्रा कमी भएका व्यक्तिहरूले आफ्नो आहारमा पालुङ्गो खाँदा फाइदा हुन्छ । पालुङ्गोमा प्रशस्त मात्रामा फोलेट हुन्छ, जुन रातो रक्त कोषिकाको उत्पादनका लागि आवश्यक मानिन्छ ।