पुस २९ गतेबाट प्रदर्शनमा आउँदै चलचित्र ‘गुन्जन’

0
24

काठमाडौं । एक महिनापछि प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्जन’ले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएको छ । ‘गुन्जन’को टिमले प्रचार प्रसारलाई जोड दिंदै भर्खरै नयाँ पोष्टरसमेत सार्वजानिक गरेको छ ।

अष्ट महर्जनको निर्देशन रहेको यो चलचित्रमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्टिक जोडी रहेको छ । नायक प्रितमराजले यो फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

साथै, निर्देशक महर्जन यसअघि द्वन्द्व निर्देशन गदै आएका थिए । प्रेम कथामा आधारित यो फिल्मलाई दर्शकले रुचाउने निर्देशक महर्जनको भनाइ छ । आगाामी पुस २९ गतेबाट प्रदर्शनमा आउँदै छ