पूजा र सुप्रिमको स्वरमा ‘जाम बटौली’ सार्वजनिक

0
31

काठमाडौँ। गायिका पूजा देवकोटा र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘जाम बटौली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ ।

यो गीतको निर्माण कोपिला खत्रीको प्रस्तुतिमा अनिल खत्रीले गरेका हुन् । गीतको भिडियोलाई स्टूडियोमै तयार पारिएको छ । भिडियोमा गायिका पूजा र गायक सुप्रिम नै देखिएका छन् । आफ्नो मन युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।