फरक खालको कोरोना देखिएकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

0
25

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक खालको कोरोना देखिएकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ती निकाल्दै फरक खालको कोरोना भाइरस देखिएकाले त्यसको जोखिमबाट बच्न माक्स लगाउन सबै नागरिकलाई आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमण देखिएकाले नागरिकलाई मास्क लगाउन भनिएको बताए ।

पछिल्लो समय चीन र भारतमा कोरोनाको संक्रमण फैलिएसँगै नेपालमा पनि सबै नागरिकलाई सचेत हुन आग्रह गरिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।