फिफा महिला विश्वकप फुटबलमा मोरोक्कोले दक्षिण कोरियालाई हरायो

0
119

काठमाण्डौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा मोरोक्कोले दक्षिण ककोरियालाई हराएको छ । आज आइतवार अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा मोरोकेले दक्षिण कोरियालाई १–० गोलले हराउँदै विजय हासिल गरेको हो । मोरोक्को लागि लागि इबतिसम जरिदीले गोल गरिन् ।

उनको गोलनै टिमलाई विजय बनाउन निर्णायक सावत भयो । यो जितसँगै मोरोक्कोले २ खेलमा ३ अङ्कसहित समूह ुएचु को तेस्रो स्थानमा छ । दुवै खेल हाारेको दक्षिण कोरिया अन्तिममा छ ।

विश्वकपमा अहिले समूह ए का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीच खेल भइरहेको छ । अर्को खेलमा समूह एच का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।